निर्वाचनमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र
काठमाडाैं | माघ १३, २०८२
तस्बिर फाइल
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ ।
विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जित(हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो।
महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ।
‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिकोसमेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ होमिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ,’ परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुनु भएका, नहुनु भएका, सहमत हुनु भएका, नहुनु भएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश(विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई यो अवगत गराउन चाहन्छौँ कि, यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन। कुनै अलमल नगरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ। विश्वास र भरोसा राखौँ, अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अघि बढ्नु पर्ने बेला आएको छ।’
अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको परिपत्रमा उल्लेख छ।
‘यस परिस्थितिमा कांग्रसलाई अघि बढाउन पार्टीका श्रद्धेय निवर्तमान सभापति श्री शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ,’ परिपत्रमा भनिएको छ।
विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै परिपत्रमा आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको उल्लेख छ।
‘गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ९आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ,’ परिपत्रमा भनिएको छ।



पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

